सूचनाको शक्ति - The Power Of Information

        

युरोकपको क्वाटरफाईनल आजबाट

एजेन्सी । युरोकप फुटबलको सेमिफाईनल खेलहरु आजबाट हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा आज राती इटाली र स्पेन भिड्नेछन् ।

नेपाली समय अनुसार राती पौने १ बजे यो खेल सुरु हुनेछ । युरोकपमा अब बाँकी रहेका सेमिफाइनलका दुई तथा फाइनलको एक खेल बेलायतको लण्डनस्थित वेम्बले रंगशालामा हुनेछ ।

क्वाटरफाईनलमा बेल्जीयमलाई २–१ ले हराउँदै इटाली तथा स्विट्जरल्याण्डलाई टाई ब्रेकरमा हराउँदै स्पेन सेमिफाईनलमा पुगेका हुन् ।

युरोकप फुटबलको दोस्रो सेमिफाईनल खेलमा भोलि राती इंग्ल्याण्ड र डेनमार्क भिड्नेछन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार ०८:१२