सूचनाको शक्ति - The Power Of Information

        

संयुक्त विद्यार्थी संगठनले माइतीघरमा विरोध प्रदर्शन गर्ने

काठमाडौं । विपक्षी गठबन्धनसम्बद्ध विद्यार्थी संगठनहरूले राष्ट्रपति र प्रधानमन्त्रीले गरेको संविधानमाथिको अतिक्रमणविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।

संयुक्त विद्यार्थी संगठनले सोमबार दिउँसो २ बजे काठमाडौंकाे माइतीघरमण्डलामा संविधानसहित विरोध प्रदर्शन गर्ने तयारी रहेको नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए ।

‘असंवैधानिक कदमका विरुद्ध हामीले निरन्तर विरोधका कार्यक्रम गर्दै आएका छौँ । त्यसक्रममा आज माइतीघरमण्डलामा संविधानसहित विरोध प्रदर्शन गर्दै छौँ,’ उनले भने ।

संयुक्त विद्यार्थी गठबन्धनमा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्रको भ्रातृ संस्था अखिल क्रान्तिकारी, नेकपा एमालेको माधव नेपाल समूहनिकट अनेरास्ववियु, जनता समाजवादी पार्टीको भ्रातृ संस्था समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको भ्रातृ संस्था अखिल छैटाैँ छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार १३:१८