सूचनाको शक्ति - The Power Of Information

        

छोरीलाई जबरजस्ती करणीको प्रयास गर्ने बाबु पक्राउ

बर्दिया । आफ्नै छोरीलाई पटक–पटक जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले बर्दियामा एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार असार १८ गते राति आफ्नै छोरी सोनिया (परिवर्तित नाम) लाई बाबु राहुल (परिवर्तिन नाम)ले जबरजस्ती करणी प्रयास गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेमबहादुर शाहीका अनुसार राति साढे १२ बजेतिर राहुलले आफ्नै छोरी सोनियालाई कोठाभित्र एक्लै सुतिरहेको अवस्थामा जवरजस्ती करणी गर्न खोजेको भन्दै छोरीले नै उजुरी दिएकी थिइन् । जबरजस्ती करणी प्रयास भएपछि छोरीले नै प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरीपछि उनलाई पक्राउ गरेर जबरजस्ती करणी उद्योग मुद्दामा आवश्यक अनुसन्धान भैरहेको डीएसपी शाहीले जानकारी दिए । यसअघि पनि पटकपटक उनले छोरीलाई यौन दुर्व्यवहार गर्नुका साथै करणी गर्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बाबुले गरेको यौन दुर्व्यवहार बारे बोल्दा इज्जतको डरले पीडितले कोही कसैलाई नभनेको प्रहरीमा बयान दिएकी छिन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार ०९:१४