सूचनाको शक्ति - The Power Of Information

        

नारायणगढ – मुग्लिन सडक पुनः अवरुद्ध

चितवन । नारायणगढ – मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका – २९ सेती दोभान भन्ने स्थानमा शनिवार राति १० बजे पहिरो खसेको हो ।

राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ ।

शुक्रवार राति खसेको पहिरो शनिवार बिहान ९ बजे पन्छाएँंगै खुलेको थियो । बिहीवारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतवार ०८:११