सूचनाको शक्ति - The Power Of Information

        

निषेधाज्ञा थप्ने तयारी, आज उपत्यकाका सीडीओहरुको बैठक बस्दै

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।

उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा निर्णय लिन आज दिउँसो उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ । आजदेखि थप क्षेत्रमा खुकुलो बनाउनका लागि निर्णय हुनसक्ने स्रोतले बताएको छ ।

पछिल्लो पटक सार्वजनिक यातायातमा जोर विजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो ।

पसलहरुपनि खोल्न दिइएको छ । उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु भएको हो ।

प्रकाशित मिति : २० असार २०७८, आइतवार ०८:०७