काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज(शनिवार) पनि बस्दैछ । शुक्रबारदेखि सुरु भएको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।
नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच जारी विवादका कारण केन्द्रीय कमिटी बैठकलाई चासोका साथ हेरिएको छ ।
नेकपा एमाले र माओवादी केन्द्र व्युँतिएपछि यसअघिका बैठकमा सहभागी नभएका उपाध्यक्ष वामदेव गौतमपनि यसपटकको बैठकमा सहभागी भएका छन् र उनले पार्टी एकतामा जोड दिँदै त्यसको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन् ।
तर, बैठकमा नेपाल पक्षका नेताहरुभने सहभागी भएका छैनन् । पार्टीलाई ९ औं महाधिवेशनबाट निर्वाचित कमिटीमा लैजान २०७५ जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग नेपाल पक्षले गर्दै आएको छ ।
पार्टीमा विवाद जारी रहँदा नेपाल पक्षका २३ जना प्रतिनिधि सभा सदस्यले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
हिजो बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले हस्ताक्षर फिर्ताका लागि नेपाल समूहलाई ‘डेडलाइन’तोक्नुभएको छ ।
।