सूचनाको शक्ति - The Power Of Information

        

शंकर पोखरेल अप्ठयारोमा

बुटवल । लुम्बिनी प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएकी छन् । राज्यमन्त्री रायमाझीले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएकी हुन् ।

‘तपाईं मुख्यमन्त्री रहेको प्रदेश सरकारमा मसमेत मन्त्री भएर कामकाजमा सहयोग गरी आएकोमा जनता समाजवादी पार्टी, नेपालको तपाईं नेतृत्वमा रहेको सरकारलाई समर्थन नरहेकाले मैले तपाईंको सरकारमा पार्टीको समर्थन र सहयोगविना यस प्रदेशको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकाले नेपालको संविधानको धारा १६९ को २ ९क० बमोजिम मन्त्री पदबाट राजीनामा गरेकी छु,’ उनले मुख्यमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ ।

आफ्नै पार्टीका तीन जना सांसदले साथ छाडेपछि जनता समाजवादी पार्टीको महन्त ठाकुर पक्षका सांसदलाई सरकारमा सहभागी गराएर लुम्बिनी प्रदेश सरकार सुरक्षित बनाएका मुख्यमन्त्री पोखरेललाई मन्त्रीले राजीनामा दिएपछि फेरि ठूलो झड्का लागेको छ ।

जसपा ९महन्त ठाकुर० पक्षमा लागेर मन्त्री भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएर जसपा ९उपेन्द्र यादव० पक्षमा लागेकी छन् । यसले फेरि लुम्बिनी सरकारमा हलचल मच्चिएको छ ।

उनी वैशाख १९ गते सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर पछि शंकर पोखरेल नेतृत्वमा सरकारमा सहभागी भएकी थिइन् । सरकारमा सहभागी भएको २ महिनापछि राजीनामा दिएर यादव पक्षमा लागेपछि शंकर पोखरेल सरकार स्पष्ट अल्पमतमा परेको छ ।

राजधानी

प्रकाशित मिति : १९ असार २०७८, शनिबार ०९:०८