सूचनाको शक्ति - The Power Of Information

        

भारतमा थप ४८ हजार संक्रमित, ९९२ जनाको मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप ४८ हजार ७८६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा संक्रमित हुनेको संख्या तीन करोड ४ लाख ११ हजार ६३४ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घन्टामा भारतमा थप ९९२ जनाले ज्यान गुमाएका छन् । यससँगै भारतमा हालसम्म तीन लाख ९९ हजार ४५९ जना संक्रमितले ज्यान गुमाइसकेका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले पाँच लाखभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा ६१ हजार ५८८ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको राष्ट्र अमेरिकामा ३ करोड ३६ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् । हालसम्म अमेरिकामा ६ लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

यसै गरी ब्राजिलमा पनि ५ लाख २० हजार ९५ जनाले ज्यान गुमाइसकेका छन् भने १ करोड ८६ लाख २२ हजार ३०४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार १०:०३