एजेन्सी । श्रीलंकाविरुद्धको एक दिवसिय क्रिकेट श्रृंखला पनि इंग्ल्याण्डले जितेको छ ।
यसअघि टि–ट्वेन्टी श्रृंखला ३–० ले क्लीन स्वीप गरेको इंग्ल्याण्डले हिजो दोस्रो एकदिवसीय खेलमा श्रीलंकालाई ८ विकेटले हराउँदै श्रृंखला कब्जा गरेको हो ।
ओभल मैदानमा पहिले ब्याटिङ गरेको पाहुना टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनायो ।
श्रीलंकालाई मध्यम स्कोरमा रोक्न इंगल्यान्डका युवा बलर साम कुरानले ५ विकेट लिए । जवाफमा २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४३ ओभरमा दुई विकेट गुमाएर विजय लक्ष्य भेटायो ।
उसका लागि कप्तान इयोन मोर्गनले नटआउट ७५ रनको योगदान दिए । श्रृंखलाको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आइतबार ब्रिस्टोलमा हुनेछ ।
।