काठमाडौं । नेपाली कांग्रेस शीर्ष नेताहरुको बैठक बस्दै छ ।
पार्टी सभापति शेरबहादु देउवाको आह्वानमा पार्टीका आज (बिहिबार) शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।
दिउँसो बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।
तर, कांग्रेस अझै क्रियाशील सदस्यतामै अल्झिरहेको छ । क्रियाशील सदस्यताको विषयमा तीव्र विवाद देखिएको छ ।
क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन गर्न सकेको छैन ।
।