सूचनाको शक्ति - The Power Of Information

        

विमानस्थल सुरक्षाका विषयमा सरोकारवालाहरुसंग छलफल

बझाङ । विहिबारबाट हवाई सेवा संचालन हुने भएपछी बझाङको देवल विमानस्थलको सुरक्षाको विषयमा सरोकारवालाहरुसंग छलफल गरिएको छ ।

विहिबारबाट नियमित हवाईसेवा सुरु हुने भएपछी समिट एरलाइन्स धनगडि, बझाङ संचालक समितले बुधबार सरोकारवालाहरु संग सुरक्षा तथा विमानस्थलमा गर्नुपर्ने सुधारका विषयहरुमा समेत सरोकारवालाहरु संग छलफल गरेको छ ।

देवल विमानस्थलका प्रमुख भानुभक्त आचार्यले उक्त कार्यक्रममा बोल्दै सुरक्षामा केहि सुधार भएमात्र हवाई सेवालाई निरन्तर सेवा दिन सहज हुने बताउनुभयो ।

प्रहरीले एक्लैले मात्र विमानस्थलमा सुरक्षा दिन नसक्ने भएकाले विमानस्थलको सुरक्षामा स्थानियहरुले पनि सहयोग गर्न जरुरी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डियसपी रुपक खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो,“प्रहरीको संख्या विमानस्थलमा थप्न मलाई दुख छैन । १५ जना प्रहरीको मात्र दरबन्दि हो । भनेर हामी प्रहरीको संख्या थप गर्न कुनै गाह्रो छैन ।

विमानस्थल सुरक्षा गार्डमा खटिएका प्रहरीको बसाईको वेजोग भएको छ । त्यसलाई मध्यनजर गरेर भवनको व्यवस्थापन गरेर भवनको मर्मत भएपछी थप प्रहरी टोली विमानस्थलमा पठाउन आफु म तयार छु । ” स्थानियहरुलाई हिड्ने अर्को विकल्पको बाटो दिएर मात्र सुरक्षालाई कडा सुरक्षा हुने समेत डियसपी खड्काले बताउनुभयो ।

पुर्खौ देखी हिडेको बाटो हामीलाई हिड्न दिन्छन भनेर स्थानियहरुले भन्ने गरेका छन । स्थानियहरुलाई विमानस्थलको घेरबार बाहिर रहेको जग्गालाई उपयोग गरेर विमानस्थल छेउमा रहेका स्थानियहरुलाई बाटो दिएपछी विमानस्थल सुरक्षामा सहज हुने र आफुहरुले पनि स्थानियहरुलाई कन्भेन्स गर्न सजिलो हुने स्थानिय तथा अनेरास्ववियुका जिल्ला संयोजक प्रविन्द्र धामीले बताउनुभयो ।

पशुचौपाया भित्र छिर्ने, त्यहि चरन चर्ने, विमानस्थल सधै सफागर्नु पर्ने, विमानस्थलमा गोरुहरुको गोवर सोर्नु पर्ने, यो हाम्रो विमानस्थल हो । यसलाई जोगाउनुपर्छ भनेर स्थानियहरुले नठानेपछी विमानस्थलको सुरक्षा चुनौति नहट्ने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।

साथै विमानस्थलमा रहेको घेरबारमा हालिएको तारजाली ठाउँठाउँमा काटिएकाले त्यसलाई पुन : मर्मत गरेर एरपोर्टका स्थानिय र जनप्रर्तिनिधीहरु राखेर छलफल गरेमात्र विमानस्थलको सुरक्षाको सवाल छिटो सुल्झिने अधिकारी अधिकारीले बताउनुभयो ।

साथै विहिबारबाट समिट एयरले नियमित धनगडि, बझाङ, नेपालगन्ज उडान गर्ने धनगडि, बझाङका संचालक किशोर खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार ०८:३५