एजेन्सी । चीनले आफ्नो सत्तारुढ कम्युनिष्ट पार्टीको स्थापनाको एक सयौं वार्षिकोत्सव मनाइरहेको छ ।
दिवसको अवसरमा राष्ट्रपति सी चीनफिङले देशबासीका नाममा सम्बोधन गर्ने बताइएपनि औपचारिक कार्यक्रमको बारेमा केही जानकारी गराइएको छैन ।
चीनले हालैका हप्ताहरुमा आफ्नो सत्तारुढ पार्टीको इतिहासका बारेमा विभिन्न प्रचारहरु गर्दै आएको छ । यता हङकङले पनि आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको बताइएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो । लामो गृहयुद्धपछि ७२ वर्षअघि चीन शक्तिशाली राष्ट्रको रुपमा देखा परेको हो ।
त्यसयता गरेका विभिन्न गतिविधिहरुका बारेमा पछिल्लो हप्ता प्रचार प्रसार गरिएको छ । आफ्नो पार्टीको सयौं स्थापना दिवसको अवसरमा वर्षभरी नै विभिन्न नाटकहरु प्रदर्शन हुने बताइएको छ ।
वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङलगायतका मुख्य शहरहरुमा विशेष सजावट गरिएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको बीबीसीले जनाएको छ ।
।