सूचनाको शक्ति - The Power Of Information

        

समाचार

पूर्वराजा ज्ञानेन्द्रले आक्रोशित हुँदै भने, ‘जनताले सुख पाएनन्’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काए पनि जनताले सुखको अनुभूति गर्न नपाएको बताएका छन् । ‘परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ ’, पूर्वराजाले बुधबार एक विज्ञप्तिमार्फत भनेका छन्, ‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ ।’

उनले कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश रहेको भन्दै सरकारले प्रभावकारी ढंगले यसमा पहल गर्न नसकेको आरोप लगाएका छन् । यस्तै शाहले राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको पनि उल्लेख गरेका छन् । यस्तो अवस्थामा यही असार २३ गतेको जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय पनि पूर्वराजाले गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार १७:१५