सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

फेरि बढ्न थाले कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभर फेरि संक्रमित बढ्न थालेको तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि मंगलबार २६३६ जनामा संक्रमण पुष्टि भएको थियो । जबकी सो दिन ११ हजार ७४८ जनाको परीक्षण भएको थियो । आज भने मंगलबारको भन्दा केही कम अर्थात ११ हजार ५६८ जनामा परीक्षण भएको मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ ।

यस्तै सोही अवधिमा ३ हजार ५९७ जना निको भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३८ हजार ८०५ (पीसीआर) र ३४ हजार ९४४ (एन्टिजेन) जना पुगेको छ । यस्तै निको हुने संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ भने मृतकको संख्या ९ हजार ११२ पुगेको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार १७:०९