सूचनाको शक्ति - The Power Of Information

        

जोखिममा रहेका बालबालिका तथा उनका परिवारलाई खाध्यान्न सामाग्री वितरण

बझाङ । बझाङ जिल्लामा संचालित वल्र्ड भिजन र प्रगतिशिल युवासमाजको साँझेदारीमा जोखिममा रहेका बालबालिका तथा उनका परिवारहरुलाई खाध्यान्न सामाग्री वितरण गरेको छ ।

जिल्लाको जयपृथ्वी नगरपालिकाका २ वटा वडा, केदारस्युँ गाउँपालिकाका ४ वडाका कोभिड १९ बाट प्रभावित घरधुरीहरुलाई खाध्यान्न वितरण गरिएको छ ।

वल्र्ड भिजन र प्रगतिशिल युवासमाजको साँझेदारीमा केदारस्युँ गाउँपालिकाको वडानम्बर ३,६, ७ र ८ मा ३ सय परिवार, जयपृथ्वी नगरपालिका वडानम्बर ११ र ३ मा गरी १ सय पचास घरधुरीलाई प्रर्ति व्यक्ति ३० केजी जिरा मसिना चामल, ३ किलो दाल, तेल, २ लिटर चिनी २ किलो, नुन २ किलो, हातधुने साबुन ४ वटा गरी प्रर्तिव्यक्ति ३ हजार ३ सय ३३ रुपैयाँ बराबरको खाध्यान्न सामाग्री वितरण गरेको छ ।

साथै उक्त राहात सामाग्री पायपछी केहि दिनका लागि भएपनि संघ संस्थाले खानलाउन समस्या भएपछी हामी छौ है भन्ने आभास गराएको जयपृथ्वी नगरपालिका वडानम्बर ११ काप्रिकोट घर भएका मन विर खातिले बताउनुभयो ।

कोरोनाको दोस्रो लहर अन्र्तगत अति जोखिममा रहेका बालबालिका तथा कोरोना प्रभावित घरपरिवारलाई राहातका सामाग्रीहरु वितरण गरिएको र जस्ले गर्दा थोरै दिन भएपनि राहात महसुस होस भन्ने उदेश्यले राहातका कार्यक्रमहरु संचालन गरेको र दोस्रो चरण अन्र्तगत परियोजना लागु भएका जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकाका करिब १३ सय परिवारलाई उक्त खाध्यान्न राहात सामाग्री वितरण गर्ने कार्यक्रम रहेको प्रगतिशिल युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताउनुभयो ।

वल्र्ड भिजन र प्रगतिशिल युवासमाजको साँझेदारीमा बालबालिकाको गुणस्तरिय शिक्षा अभिवृर्दि गराउने र जोखिममा रहेका बालबालिकाहरुको परिवारको आयआर्जनमा मदत पुग्ने उदेश्यले जिविको पार्जन लगाएतका परियोजनाहरु जिल्लाको केदारस्युँ गाउँपालिका र जयपृथ्वी नगरपालिका संग सहकार्य गरेर काम गर्दै आएको छ ।

प्रगतिशिल युवासमाज र वल्र्ड भिजनले गाउँपालिका संग सहकार्य गरेर खाध्यान्नका कार्यक्रम मात्र नभई ठुलो मात्रामा स्वास्थ्य सामाग्रीहरु लगाएत विध्यालय तथा शैक्षिक संस्थाहरु बन्द रहेको अवस्थामा हरेक शनिबार पढाई शिविर समेत गर्दै आएको केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भन्डारीले बताउनुभयो ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार ०७:२०