सूचनाको शक्ति - The Power Of Information

        

भोलिदेखि भारी वर्षा हुनसक्ने सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले वुधबारबाट धेरै भारी वर्षा हुनसक्ने भन्दै सजग रहन अपील गरेको छ । महाशाखाले मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय हुने जनाएको छ ।

मनसुन सक्रिय रहँदा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । त्यस्तै, देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पहाडी क्षेत्र तथा नदीनाला बाढी पहिरोको जोखिम हुने भन्दै सचेत रहन समेत अपील गरेको छ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश नं १, गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार १२:४२