सूचनाको शक्ति - The Power Of Information

        

२३ वर्षीया गर्भवती प्रियंकाको हत्या

जनकपुरधाम । लक्ष्मीनिया गाउँपालिका–४ सपहीकी एक महिलाको हत्या भएको छ । हत्या आरोपमा उनका श्रीमान पक्राउ परेका छन् । २३ वर्षीया प्रियंका पासवानको सोमबार राति हत्या भएको हो ।

हत्या आरोपमा २९ वर्षीय सन्तोष पासवानलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ । महोत्तरीको वलवा नगरपालिका–५ पूर्वारी टोल माइती रहेको प्रियंकाको ६ वर्ष पहिले सन्तोषसँग विवाह भएको वुवा बिनोद पासवानले बताए । उनले भने, ‘मेरी छोरी गर्भवती थिइन् । उनको शरीरमा देखिएको चोटपटक र घाँटीमा डाम देखिएको छ ।’

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक तिलक सुनारले घटना स्थलको प्रकृति मुचुल्का उठाई लासलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको बताए । आरोपित सन्तोषलाई राति नै नियन्त्रणमा लिइएको सुनारले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार ११:०७