बझाङ । जयपृथ्वी नगरपालिका–१ कैलाश जेठाबाडा घर भएकी गम्भीरा सिंह उमेरले ६६ बर्ष पुगिन् । हुम्ला माइती घर भएकी गम्भीराको सानै छँदा बिहे भयो । त्यतिखेर छोरीलाई स्कुल पठाउने चलन थिएन । त्यही पनि क, ख पढेकी उनले बीचमै स्कुल छोडिन् । घाँटीमा पुरानो चौबन्दी माला नाँकमा मुदुडी, टाउकोमा सेतो मुन्याठो पुरानै शैलीको लवाई, बोलाई र भेषभुषा अहिलेसम्म छोडेकी छैनन् ।
उनले लगाएको चौबन्दी माला देख्दा अहिलेका नयाँ पुस्ता भने अच्चमै पर्छन् । उनले भनिन्, ‘आफुले चौबन्दी माला लगाएको देख्दा कतिपय गाउँका मानिसहरु भारिमानिनौ क्या (गह्रौ हुदैनकी) भन्छन् । म तिनलाई त्यसो भया तमी लुगा नलगाउ पन भन्छु ।’ अहिलेका सानादेखि ठुलासम्मका हात हातमा मोबाइल छन् । हामी पुराना लाटा जमनाका मान्छे, अहिले उल्टो जमना आएको उनले बताइन् ।
उनले भनिन्, ‘एकातर्फ त निकै छ । अर्कोतर्फ कसरी निको छ भनु, पुराना मान्छे मोटा बलिया सिस्नुको साग खान्थे । काम पनि गर्थे त्यतिखेर फलामका भाँडामी दाल, पितलको भाँडामा भात र कासको बट्क्या (कचौरा) मा दुध, दहि खान्थे । अहिले स्टिलका भाँडामा खादा छन् । मान्छे पनि स्टिल जस्तै भयाका छन् । गाउँ गाउँमा देशी चामल ब्वाइलर कुखुरा पुग्याका छन् ।’
उनले अगाडी थप्दै भनिन्, ‘एक छोरा एक छोरी पाउँछन् । त्यहि पनि पढाइ सक्दैन भन्छन् । हामीले त्यो बेला लगाउनलाई टालो (लुगा) पाएनौ त्यतिखेर छोराछोरी पढाउन सकिने अवस्था थिएन । अहिले धेरैका पुराना खेत पनि बाँझै छन् ।’ खरको घर बर्षाको पानीले चुन थालेपछि पाल र टिन पाइन्छ की भनेर चैनपुर उनी चैनपुर पुगेकी छन् ।
सिंहले भनिन्, ‘घर त्यतिकै पढ्न लाग्या (भत्किन थाल्या) छ । घरमा कोहि छैनन् । चार दिन भयो । चैनपुर आयाकी त्रिपाल पाइन्छ की भनी । बाहिरजस्तै भित्र पानी आउँछ । गाउँमा पुरानो नलले (खर) छोएको घर मेरै छ । सबैले राम्रो घर लगाइ सक्या । घर चुन्या भएपछि अकैको घरमा बस्दै आयाकी छु । एक छोरा थियो त्यो पनि केरालाको जेलमा छ ।’
यसपाली खेतमा नल पनि नभएपछि समस्या भएको उनले बताइन् । उनले भनिन्, ‘हुन त मेरो खेतिपाती पनि छैन, उता देवरको छोरा पनि छानामा बस्या छ । गाई, गोरुको गोठालो अरुसँग बोल्न डराउँछ । मेरा बुढा पनि बितेका ३० बर्षभन्दा बढ्ता समय भैसक्यो । तीन बर्षकी मुल्या छोरी पाले । बुढेसकालमा आफ्नै घर पाल हालेर बनाया पनि आफ्नाई घरभित्र मन्र्या धोको छ ।’
उनले अगाडी थप्दै भनिन्, ‘एक पालले हुन्या हैन । वडाध्यक्षले एक पाल बनाई दिया । टिन नभया पन अर्को पाल भया पन भैगयो । धर्म लाग्ला कतैबाट पालको जुगार गरिदिया । अरु कस्लाई विन्ति विसाउ, क्या गर्नु खानलाई अनाज (खाद्यान्न ) छैन । अकैको घर बस्ने गर्या छु ।’ कैलासमा एकल महिला गम्भीरा मात्रै होइन्न । सोहि गाउँकी ७० बर्षिया जयशिला सिंहको पनि पीडा उस्तै छ ।
आफुले लगाएको घर कति सालमा लगाएको हो । थाहा नभएकी जयशिलाले भन्नि, ‘नल (खरले) छोएको घरमा पालहालेर बसेकी छु । नलले छोयका घरमा टिन दिन्याभन्दा छ्या । अहिलेसम्म मिलेका छैनन् । टि फाल्यापछि घर फाल्न्या छिया । गाउँल्या अगाडि नै भत्काउभन्दा पाल हाल्नाले कपाल लुकाउनाको बाटो भयाको छ । त्यतिकै भत्काउ भन्या का बस्नु हो ?’ उनले बृद्ध भत्ता आएका पैसाले खाद्यान्न किन्दै ठिक्क हुने गरेको बताइन् ।
उनले भनिन्, ‘चामल, तेल खायाको बुझाउदै साहुँको ठिक्क हुन्छ । जम्मा त काँबाट गर्नु । बुढा वितेका पनि धेरै भैसक्यो । बृद्धभत्ता पाउनाले बाँच्नु बाटो भयाको छ । यै साल त पटकै भयो । गहुँको तादो (बोट) उम्रेन पानी हुन्या ठाउँ गहुँ भयो होला । पानी परेका साल ५ कट्टा गहुँ, जौ हुन्थे ।’ सरकारले बाँच्दासम्म खाउ भनि दिएकै छ । कसैलाई दिनु छैन । त्यहि पनि ठिक्क हुन्छ । घरमा टिन हाल्न पाय हुन्थ्यो । घरको छानो फेर्ने आशमा रातभर निन्द्रा पनि लाग्दैन ।’
।