काठमाडौं । जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ को शुभारम्भ गर्ने हुनु भएको छ ।
हेटौंडामा हुने शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले भिडियो कन्फेरेन्समार्फत उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रतिष्ठानले जनाएको छ ।
बागमती प्रदेश सरकारले स्थापना गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अघिल्लो महिना अनुमति प्राप्त गरेको हो ।
चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई तीन विधामा अध्यापन गराउन अनुमति दिएको छ ।
जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउन अनुमति प्राप्त भएअनुसार शैक्षिक कार्यक्रम शुभारम्भ गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
२०७६ असोज २ गते स्थापना भएको प्रतिष्ठानको केन्द्रीय कार्यालय बागमती प्रदेशको राजधानी रहेको छ ।
।