सूचनाको शक्ति - The Power Of Information

        

पछिल्लो २४ घन्टामा विश्वमा झण्डै ६ हजारको मृत्यु, सबैभन्दा धेरैै कहाँ ?

काठमाडौं । विश्वमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ९६० जनाको मृत्यु भएको छ । यो सँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ लाख ३८ हजार ८१७ पुगेको छ ।

सबै भन्दा बढी भारतमा ९८१ जनाको मृत्यु भएको छ । यस्तै ब्राजिलमा ७२५, रुसमा ५९९, कोलम्बियामा ६६४, इन्डोनेसियामा ४०९, अर्जेन्टिनामा २५१, मेक्सिकोमा १७५, इरानमा १३४, दक्षिण अफ्रिकामा १२२, चिलीमा १३५, फिलिपिन्समा १२८, बंगलादेशमा ११९ जनाको मृत्यु भएको छ ।

साथै विश्वमा कोरोना संक्रमितको संख्या १८ कारोड १८ लाख ६१ हजार २६८ जना पुगेको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार ०८:५९