सूचनाको शक्ति - The Power Of Information

        

युएमएन बझाङ द्धारा सामाग्री हस्तान्तरण

बझाङ । बझाङका स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउने तथा कोरोना न्युनिकरणमा सहयोग पुग्ने उद्देश्यले स्वास्थ्य संस्थामा आवश्यक उपकरण तथा सामाग्री सहयोग गरिएको छ ।

युएमएन अन्र्तगत थलारा गाउँपालिका, केदारस्युँ, वित्थडचिर, थलारा, मष्टा गाउँपालिका र बुंगल नगरपालिका, जिल्ला अस्पताल सिमखेत र सुरक्षाकर्मीहरुलाई समेत स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

जसमा सबै गरी अक्सिजन ४ सेट १० लिटर,अक्सिजन ५ सेट ५ लिटर, पिइपिइसेट ५० वटा,पल्सअक्समिटर १०० पिस, नन्नरिबेथ्रमाक्स १०० थान अस्पतालका लागि फोल्डिङ बेड, डस्ना र घरमा आइसोलेसनमा बस्दा आवश्यक पर्ने सामाग्री लगाएत १६ लाख ४९ हजार बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको युएमएनका बझाङ टिमलिडर ज्योति चपाइले बताउनुभयो ।

उक्त समाग्री बुझ्दै जिल्ला अस्पतालका प्रमुख सन्दिप ओखेडाले दोस्रो चरणको कोरोना सामान्य बन्दै गएपनि तेस्रो चरणको कोरोना रोकथामका लागि उक्त सामाग्रीले थप मदत पुग्ने बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले युएमएन लगाएत साँझेदारी संस्थाबाट यस अगाडि पनि ठुलो परिणाममा स्वास्थ्य सामाग्री वितरण गरेको र स्थानियतहहरुले पनि पुर्व तयारीको कार्ययोजना बनाएर अगाडि बढ्नु पर्ने र स्थानिय सरकारका भरखरै मात्र गाउँपरिष र नगरपरिषद सुरु भएकाले कोरोना नियन्त्रणका लागि समेत बजेट विनियोजन गर्नुपर्ने, तेस्रो चरणको लहर आउन सक्ने भएकाले बालबालिकाको लागि खोप नआएकाले धेरै सचेत हुनुपर्ने तथा प्राप्त सामग्रीको सही सदुपयोग र उपयोग गर्न समेत आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भन्डारीले स्वास्थ्य संस्थाहरुमा भइरहेको सहयोगले सेवामा सुधार आएको बताउनुभयो ।

साथै अध्यक्ष भन्डारीले स्वास्थ्य संस्थामा नै अभाव रहेका सामग्री सहयोग प्राप्त हुँदा खुसी भएको भन्दै स्वास्थ्यकर्मीले यसको उपयोगिता बुझनु पर्ने बताउनुभयो ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार ०८:५५