सूचनाको शक्ति - The Power Of Information

        

जननेता मदन भण्डारीको जन्मजयन्ती, कम्युनिष्ट आन्दोलनमा भण्डारीको योगदान सम्झिँदै

काठमाडौं । आज असार १४ गते । नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको जन्मजयन्ती ।

नेपालको कम्युनिष्ट आन्दोलनमा भण्डारीको योगादन र उहाँले प्रतिपादन गरको मौलिक सिद्धान्तबारे आज विविध कार्यक्रम गरिदैछ ।

बिक्रम संवत २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मनुभएका भण्डारीलाई नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका नवीन विचारक एवं सिद्धान्तकार मानिन्छ ।

उहाँले प्रतिपादन गर्नुभएको नेपाली क्रान्तिको मौलिक सिद्धान्त अर्थात जनताको बहुदलीय जनवाद (जबज) लाई आज पनि एमालेले मुख्य राजनीतिक सिद्धान्तको रुपमा लिने गरेको छ ।

खासगरी भण्डारीले आर्जन गर्नुभएको लोकप्रियता र उहाँले बसाल्नुभएको जगकै सेरोफेरोमा आज पनि नेकपा एमाले घुमिरहेको छ ।

पटक पटक टुटफुट र जुट हुँदै आजको अवस्थाामा आईपुगेको एमालेका हरेक समुहले मदन भण्डारीलाई आफ्नो आदर्श बताउने गरेका छन् ।

तर व्यवहारमा भने भण्डारीले अंगिकार गरेको सिद्धान्तलाई कसैले पनि अनुसरण गरेको पाइदैन ।

शाशन सत्ता र कुर्सीमा नपुगिकनै विश्वभर चर्चा कमाउनुभएका जननेता मदन भण्डारीको मृत्यु २०५० साल जेठ ३ गत चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा रहस्यमय तरिकाले भएको थियो ।

एमालेले यसलाई हत्याकाण्ड भन्दै आएपनि पटक पटक सत्ताको नेतृत्व गरेका एमाले नेताहरुले छानविन नगर्नुलाई शंकास्पद रुपमा हेरिएको छ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार ०८:३८