सूचनाको शक्ति - The Power Of Information

        

जोरबिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन चलाउन दिनेबारे आज निर्णय गर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने गरि एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ ।

जोर बिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन सञ्चालन गर्दाका मापदण्ड भने तोक्न बाँकी रहेको बताइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर निषेधाज्ञा सम्बन्धी अर्को आदेश जारी गर्ने बताउनुभयो ।

हिजो बसेको बैठकले कुनै निर्णय गर्न नसकेकाले आज फेरि बैठक बस्ने भएको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरु दिएको भएपनि उपत्यकाको ३ वटै जिल्लाको आ–आफ्नो वस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने उहाँले बताउनुभयो ।

निषेधाज्ञा पुरै नखोल्न र लामो दुरीका सवारी साधनलाई अझै एक/डेढ हप्ता खोल्ननहुने सुझावहरु आएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार ०८:२५