सूचनाको शक्ति - The Power Of Information

        

असार २२ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप दिइने

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने भएको छ।

स्वास्थ्य सेवा विभागका अनुसार ‘भेरोसेल’ को पहिलो मात्रा लगाएका ३ लाख ७० हजार ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाईदैछ।

गत जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा लगाइएको थियो।

यसअघि पहिलो मात्रा लगाएकालाई समेत दोस्रो मात्राको खोप दिइने छ। नेपालमा अहिलेसम्म ७ लाख ३१ हजार जनाले कोरोनाविरुद्धको दोस्रो डोज लगाएका छन्।

पहिलो डोज लगाएर दोस्रो डोज लगाउन नपाउनेको संख्या झण्डै १४ लाखको हाराहारीमा रहेको मन्त्रालयको तथ्यांक छ।

प्रकाशित मिति : १३ असार २०७८, आइतवार १६:४५