सूचनाको शक्ति - The Power Of Information

        

एमालेले बोलायो दशाैँ महाधिवेशन आयोजक कमिटी बैठक

काठमाडौं । नेकपा एमालेले दशाैँ महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले आउँदो बुधवार १६ गते आयोजक कमिटी बैठक बस्ने निर्णय गरेको हो ।

आजको बैठकमा नेता माधवकुमार नेपाल पक्ष विपक्षी गठबन्धनमा लागेकोबारे पनि छलफल भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकको निर्णयबारे जानकारी गराउँदै प्रवक्ता ज्ञवालीले पछिल्लो राजनीतिक अवस्था, कोरोना महामारी नियन्त्रण र राष्ट्रिय राजनीतिबारे समेत छलफल भएको बताउनुभयो ।

एमालेको खनाल–नेपाल समूहले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेको छ ।

तर अध्यक्ष केपी शर्मा ओलीले भने दशाैँ महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुभएको हो ।

सर्वोच्च अदालतलेसमेत आयोजक कमिटीलाई नचिन्ने भन्दै कमिटीले गरेको कारबाहीको निर्णय वैधानिक नहुने अन्तरिम आदेश दिइसकेको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतवार १६:४०