एजेन्सी । इटाली र डेनमार्क युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले हराउँदै इटाली क्वाटरफाईनलमा पुगेको हो ।
निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
अतिरिक्त समयमा इटालीका फेडेरिको चिएसा र माटियो पेस्नीनाले एक एक गोल गरे ।
अष्ट्रियाका सासा कालादिचले एक गोल फर्काए । जितसँगै इटालीले लगातार ३१ खेलको अपराजित यात्राको किर्तिमान बनाएको छ ।
इटालीले अब क्वाटरफाईनलमा बेल्जीयम र पोर्चुगलमध्ये आज हुने खेलको विजेतासँग भिड्नेछ ।
युरोकप फुटबलकै अर्को खेलमा वेल्समाथि ४–० को फराकिलो जित निकाल्दै डेनमार्क पनि क्वाटरफाईनलमा पुगेको छ ।
डेनमार्कको जितमा कास्पर डोल्वगृले दुई गोल गर्दा वाकिम माहिल र मार्टीन ब्रेथवेटले एक एक गोल गरे ।
डेनर्माकले प्रतियोगिताको लगातार दुई खेलमा ४ गोल गरेको हो ।
डेनमार्कले अब क्वाटरफाईनलमा नेदरल्याण्ड्स र चेक रिपब्लीकबिच आज हुने खेलको विजेतासँग खेल्नेछ ।
।