बझाङ । बझाङ जिल्लाको सदरमुकाम नजिकै पर्ने जयपृथ्वी नगरपालिका स्थित देवल विमानस्थलमा सुरक्षा गार्डमा कार्यरत प्रहरी वर्षौंदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन ।
जयपृथ्वी नगरपालिकाको कार्यालय तथा देवल विमानस्थल रहेकोे स्थानको विमानस्थल सुरक्षा गार्डको भवन जीर्ण भई त्यहाँ कार्यरत प्रहरीहरु त्रासै त्रासमा रात बिताउँदै आएका छन ।
हरेक हिसाबले देवल विमानस्थलको सुरक्षामा खटिएका प्रहरी बस्ने भवन जोखिममा रहेकोसमथल जमिन र टिनले छायको भवन बर्खाको बर्षा भेलले प्रहरीलाई रात बिताउँनै सकस हुने गरेको देवल विमानस्थलको सुरक्षामा खटिएका प्रहरी नायव निरिक्षक सुन्दर सिंह धामीले बताउनुभयो ।
धामी भन्नुभयो, “बर्खा लाग्ने बितिकै चुहिने, तथा हावा लागेको बेला ढुंगा खस्ने डर लाग्छ । बर्ष आउदा थाल कचौरा समातेर रातभर चुहिने ठाउँमा डिउटी गर्नु पर्छ । कहिले काहिँ निदाएको बेला पानी परेपछी ओछ्यान नै भिजेको हुन्छ ।
३,४ दिन सम्म लुगा सुक्दैन्न । पुरानो भएको भान्साघरको टिन छियाछिया छ । पानी पर्न थालेपछि कहाँ पकाएर खाने भन्ने चिन्ता हुन्छ । प्रहरीको बिजोक त त्यहाँभन्दा के हुन्छ र ? जनताको सुरक्षा गर्ने प्रहरी आफैँ असुरक्षित छन ।
पाखाबाट माटो, कुहियको काठ उप्केर जिउमै खस्छ । दुःखका साथ बसेका छौँ ।’ एकतले भवन सामान्य वर्षा हुँदा पनि चुहिन्छ । पानी पर्न थाल्यो कि रातभर खाट सार्दै सुत्नुपर्छ । वर्षाको पानी ओछ्यानमा चुहिन्छ ।
बेलाबेला विषालु सर्प भित्रै आइपुग्छन् । त्यसैले प्रहरी राति निदाउन सक्दैनन ।” भवन भित्रको माथिबाट ढुंगा खस्ने डरले रातभरि जागराम बस्नु परिरहेको प्रहरी जवान गोविन्द्र प्रसाद जोशीले बताउनुभयो । जोशीले भन्नुभयो,“बाहिर तिरबाट वाल भत्केर टिनको वाल हालेको छ ।
र बाँकि रहेको वाल पनि अव झर्यो तव झर्यो भएको छ । बर्षा हुदाँ खाना समेत राम्रोरी खान पाईदैन । भान्सामा पानि भरिभराउ भएको हुन्छ । झ्याल नभएकाले गर्मीमा चौकीमा पस्नासाथ खलीखली पसिना चुहिन थाल्छ ।
मुसाले प्रहरीको युनिफर्म काटिदिनु सामान्यजस्तै भइसकेको छ । हावाहुरी आउँदा घरसँगै उडाउने चिन्ता लाग्छ ।”,
११ जना प्रहरीको भरमा विमानस्थल , ५ वटा वडा र एक चेकपोष्ट
विमानस्थलमा कार्यरत प्रहरीलाई बाढी, पहिरो, सर्पको मात्र त्रास होइन । उनीहरूले क्षमताभन्दा दोब्बर काम गर्नुपर्ने अर्को समस्या पनि छ । प्रहरीले विमानस्थल, सिमखेत चेक पोष्ट, र ५ वटा वडा हेर्ने ११ जना प्रहरी छन ।
देवल विमानस्थलमा रहेका ११ जना प्रहरीको टोलीले बाहुँलीगाड पारि बाहेक अरू ५ वटै वडा हेर्नु परिरहेको छ । एकातर्फ विमानस्थलको डिउटी, गर्नुपर्ने, अर्का तर्फ ५,६,७,८,९ वडानम्बर र सबै भन्दा टाढा वडानम्बर ८ बारिल, वडानम्बर ५ को सुत्या, भन्ने ठाउँमा जानुपर्ने ।
मोटरसाइकलमा डेढ घन्टा २ घन्टा वडाका गाउँहरुमा कतै झै झगडा भएमा विपद आई लागेमा जानुपर्ने बाध्यता रहेको छ । विमानस्थल सुरक्षाको लागि १५ जनाको दरबन्दी रहेको भएपनि हाल ११ जना कार्यरत रहेका छन ।
त्यस्तै, विमानस्थलकै प्रहरीले नगरपालिकाको सिमाना तमैल बजारसम्म हेर्नु पर्ने बाध्यता रहेको देवल विमानस्थल सुरक्षा गार्डले जानकारी दिएको छन ।
सबैभन्दा त बर्खा याममा पानी परेको बेला ग्रामिण सडकमा गाडि नजाने र गाउँहरु छरिएकाले हिडेर जानुपर्ने भएकाले तथा प्रहरी जनशक्ति कम तथा भौगोलिक विकटताका कारण सुरक्षा दिन कठिन हुने गरेको विमानस्थल सुरक्षा गार्डको लागि खटिएका प्रहरीले बताउने गरेका छन ।
देवल विमानस्थल सुरक्षा समितले विमानस्थल सुरक्षा गार्डमा खटिएका प्रहरीहरुको जिर्ण भवनको विषयमा नेपाल नागरिक उड्यान प्राधिकरणलाई जानकारी गराएको र थप कुरा हाल सम्म नआएको जानकारी दिएको छ ।
दरबन्दी अनुसार प्रहरी छैनन
बझाङ जिल्लाभरिका लागि ३ सय ७४ जनाको दरबन्दी रहको भए पनि दरबन्दी अनुसारका प्रहरी छैनन । ३ सय ७४ मध्ये अहिले ३ सय ४३ जना मात्र कार्यरत रहेकाले केही समस्या देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जनशक्ति कम र भूगोल तथा छरिएका बस्ती भएकाले सुरक्षा व्यवस्था मिलाउन कठिन देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
साथै खड्काले विमानस्थल सुरक्षाको लागि थप प्रहरी टोलीको व्यवस्थापन गरे पनि विमानस्थलमा बस्ने बास स्थानको उचित व्यवस्थापन नहुँदा प्रहरीको संख्या थप्न नसकेको र विमानस्थलमा उचित बासस्थानको व्यवस्था भएमा आफुहरुले विमानस्थलको थप सुरक्षाका लागि प्रहरीको संख्या थप्ने तथा जिर्ण रहेको भवनका बारेमा भने विमानस्थलले नै निर्माणका लागि पहल गर्ने बताउनुभयो ।
।