सूचनाको शक्ति - The Power Of Information

        

मनसुनी वायुको प्रभाव : चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

साथै, हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार बिहान प्रदेश नं १, प्रदेश नं २ र  बागमती प्रदेशमा पुर्ण बदली रहि बाँकी प्रदेशमा सामान्य बदली रहेको छ।

प्रदेश नं १, प्रदेश नं २ र  बागमती प्रदेशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

यसैगरी, आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भने, प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

यस्तै, आज राति  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका प्रदेश नं १, प्रदेश नं २ र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार ०९:५२