सूचनाको शक्ति - The Power Of Information

        

मेलम्चीमा रातिदेखि निरन्तर वर्षा, तीन तले घर ढल्‍यो

सिन्धुपाल्‍चोक । सिन्धुपाल्‍चोकको मेलम्ची खोलामा पानीको वहाब बढेको छ ।

गएरातिदेखि पानी परेकाले खोलामा पानीको वहाब बढेको हो ।

मेलम्ची-११ का गोपाल दुलालको आज तीन तले घर ढलेको छ ।

असार १ गतेको बाढीपछि घर ढल्‍ने अवस्थामा थियो । गएरातिदेखिको पानी परेपछि उक्त घर आज बिहान ढलेको हो ।

असार १ गतेपछि परेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ ।

त्यस्तै बाढीले चार सय परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार ०९:४६