सूचनाको शक्ति - The Power Of Information

        

नेप्से लगातार ओरालो लाग्दै

काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन पनि घटेको छ ।

होटल र जलविद्युतबाहेक अरू सबै समूहको शेयर ओरालो लागेपछि नेप्से बिहीवार १६ दशमलव ९६ अङ्कले घटेर दुई हजार आठ सय ४३ विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको शेयर साढे सात अङ्कले, विकास बैंकको झन्डै ७३ अङ्कले, व्यापारको २६ अङ्कले, फाइनान्स समूहको २९ र माइक्रोफाइनान्स समूहको शेयर ४९ अङ्कले घटेको छ ।

यस्तै जीवन बीमा समूहको शेयर एक सय ४४ अङ्कले,  निर्जीवन बीमा समूहको एक सय ७७, उत्पादनको साढे ४१, अन्यको ३० र लगानी समूहको शेयर एक सय नौ अङ्कले घटेको छ ।

आज दुई सय १९ कम्पनीका एक करोड ३२ लाख कित्ता शेयर सात अर्ब तीन करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ङ्यादी ग्रुप पावर लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि माथिल्लो तामाकोशी कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार १५:४६