सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय सरकारको बजेट

खजुरा गाउँपालिकामा ८८ करोडको बजेट

बाँके । खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि ८८ करोड रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाले आज नवौं सभाबाट ८८ करोड २० लाख तीन हजार ७७६ रुपैयाँ कूल बजेट विनियोजन सार्वजनिक गरेको हो ।

गाउँपालिकाका उपाध्यक्ष एकमाया विकद्वारा प्रस्तुत बजेटमा चालूतर्फ ५४ करोड २५ लाख ९० हजार ५२१ रुपैयाँ र पुँजीगततर्फ ३३ करोड ९४ लाख १३ हजार २५४ रुपैयाँ गरी कूल ८८ करोड २० लाख तीन हजार ७७६ रुपैयाँ कूल विनियोज भएको बताइन् ।

विनियोजित बजेटमा ८० प्रतिशत सशोधित अनुमान छ । जसका लागि गाउँपालिकाको सम्पूर्ण ध्यान विकासमा केन्द्रित हुने प्रतिवेदनमा उल्लेख छ । गाउँपालिकालाई २०७८/०७९ मा संघीय सरकारबाट ५९ करोड ७० लाख ५२ हजार रुपैयाँ र प्रदेश सरकारबाट आठ करोड ५३ लाख ४२ हजार पाँच सय २३ रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख छ ।

साथै आन्तरिक स्रोतबाट ७५ करोड ९३ लाख ४० हजार रुपैयाँको अनुमान गरिएको छ । गाउँपालिकाले वडास्तरीय योजना तथा कार्यक्रम अन्तरगत आठ वटा वडालाई ६० लाख रुपैयाँका दरले चार करोड ८० लाख रुपैयाँलाई विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार १२:४७