सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य २०० रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।

आज सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला ३०० रुपैयाँले घट्दै सुन ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार रुपैयाँमा झरेको छ ।

चाँदीको मूल्य भने गत बुधबारकै मूल्यमा कायम हुँदै एक हजार २९५ रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार ११:५७