सूचनाको शक्ति - The Power Of Information

        

विमानस्थल सुरक्षामा चुनौती

बझाङ । विमानस्थलको सुरक्षालाई नै चुनौती हुने गरी भएका मानवीय गतिविधिमा देवल विमानस्थलले रोक लगाउने निर्णय गरेको छ ।

२०७८ असार ९ गते बसेको विमानस्थल सुरक्षा समितिको बैठकले नयाँ सुरक्षा योजना ल्याइने विमानस्थलका बरिष्ट अधिकृत तथा विमानस्थल सुरक्षा समिती अध्यक्ष भानुभक्त आचार्यले बताउनुभयो ।

स्थानियबासिहरुले पशुपंक्षीहरु तथा स्वयंम आफै जतिवेला पनि विमानस्थलको नियमभन्दा बाहिर गई विमानस्थलको संवेदनशील क्षेत्रमा प्रवेश गरेकोमा उक्त कार्य रोक्न नयाँ योजना अघि सारिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार जतिवेला पनि विमानस्थल भित्र मानिसहरुको आवतजावत तथा पशुपंक्षीहरु चराउने तथा धुम्रपान, मध्यपान गर्न मानिसहरु विमानस्थल भित्र छिर्ने गरेकाले सुरक्षा चुनौती बढेकाले अब विमानस्थल प्रवेश गर्दा पासको व्यवस्था गर्ने बताउनु भयो ।

साथै अध्यक्ष आचार्यले भन्नुभयो, “विमानस्थल भित्र विना काममा प्रवेश गर्ने, क्रिकेट खेल्ने, गोरु चराउने, फोटा खिच्ने, टिकटक बनाउने, अफिस भित्र जाने कार्य भएकाले यसलाई रोक्न जरुरी छ ।

विमानस्थल जस्तो संवेदनशिल क्षेत्रमा मदिरा सेवन गरेर आउने, गुट्टका खाएर कार्यालय परिसरमा थुक्ने जस्ता कार्यहरु भएका छन । स्थानियहरुको पानी ल्याउने ”विमानस्थल प्रशासनले स्थानियहरुलाई गोरु तथा अन्य पशुपंक्षीहरु नलगाउन अनुरोध गरेको भएपनि स्थानियहरुले अटेर गर्ने गरेको विमानस्थल सुरक्षा समितले गुनासो गरेको छ ।

आइतबार विमास्थल सुरक्षा समितिले विमानस्थल सुरक्षाको विषयमा छलफल गर्दै उक्तm कुराको जानकारी दिएको हो ।बैठकमा सहभागि विमानस्थलका सुरक्षा गार्ड सुन्दर सिंह धामीले विमानस्थलमा सुरक्षाकर्मीहरुको संख्यामा केही थप गर्न आवश्यक रहेको बताउनु भएको छ ।

विमानस्थलमा हाल ११ जना सुरक्षाकर्मी भए पनि जिल्ला ट्राफिक कार्यालय सिमखेत, तथा सिमखेत देखि तमैल सम्म सबै ठाउँमा विमानस्थलका सुरक्षाकर्मीहरुले हेर्नु पर्ने भएकाले विमानस्थलमा उक्तm गतिविधि बढ्न थालेको बताउनुभयो ।

गार्ड सिंह धामीले भन्नुभयो,“ ३ जनाले सिमखेत ट्राफिक पोष्टमा खटिनुपर्छ । गाउँमा झगडा नभएको दिन खाली हुदैन २,३ जना गाउँमा जानुपर्छ । १ सम्मले विदा लिन मिल्छ । १ जना विदामा हुन्छ ।

विमानस्थलमा गरिएको घेरबारको तार काटेर स्थानियले ७,८ ठाउँमा हिड्ने र गोरु लगाउने बाटो बनाएका छन । ३, ४ जनाले सबै ठाउँमा भ्याइदैन । २४ घन्टा सुरक्षा दिनलाई विमानस्थलमा सुरक्षाकर्मी थप गर्नुपर्छ ।”

विमानस्थलमा उडान भएको समयमा मौसम खरावि भएको समयमा अरु जिल्लामा पेलेन अवतरण हुन नसकेपछी अप्रझट यहि विमानस्थलमा आएर पेलेन अवतरण गराउनु पर्यो भने, दुर्घटना निम्तिन सक्ने समिट एयरलाइन्सका धनगडी, बझाङका संचालक किशोर खड्काले बताउनुभयो ।

साथै स्थानियहरुलाई अन्तबाट बाटो दिएर विमानस्थल घेरबारका काटिएका तारहरु पुन मर्मत गरेर स्थानियहरुलाई भित्र प्रवेशमा रोक लगाउनु पर्ने संचालक खड्काले बताउनुभयो ।

बैठकमा सहभागीहरुले स्थानियहरुले विमानस्थल संचालन नहुँदा घेरबार गरिएको जाली स्थानियहरुले काटेर हिड्ने बाटो बनाएकाले फेरी घेरबार गरेर स्थानियतहका जनप्रर्तिनिधीहरु सहितको विमानस्थल सुरक्षा बैठक बोलाई उक्त विमानस्थल सुरक्षालाई कडा रुपमा कार्यन्वयनमा लैजाने निर्णय गरेको छ ।

साथै बुधबार बाट विमानस्थलमा फोटो, भिडियो खिच्न नपाइने, अनुमतिविना विमानस्थल भित्र जान नपाउने लगाएतका निर्णयहरु भएका भएपनि स्थानियतहहरुका प्रमुखहरु संगको छलफल पछी मात्रै कार्यन्वयनमा लैजाने अध्यक्ष आचार्यले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार ११:४७