बझाङ । बझाङको यार्सा संकलन क्षेत्र साईपालको बेस क्याम्पमा पर्ने औलागाड भन्ने ठाउँमा खोलामा हाम फालेर एक महिला वेपत्ता भएकी छन ।
बाजुरा जिल्ला घर भै हाल तलकोट गाउँपालिका ४ मा अस्थायी रुपमा बस्दै आएकी अन्दाजी २३ बर्षिया सुनसरी थापाले ४ गते शुक्रबारका दिन खोलामा हाम फालेको आफन्तले जानकारी दिएका छन ।
साथै मौसम खराविका कारण आज मात्रै नेटवर्क आएकाले आफुहरुले खोजी गर्दा नभेटिएको र प्रहरी चौकीमा खबर गर्न समेत ढिलाई भएको बताएका छन ।
वेपता थापाको खोजि कार्यका लागि लासि प्रहरी चौकि धुलीबाट प्रहरी टोली घटनास्थल तर्फ खटाईएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डियसपी रुपक खड्काले बताउनु भयो ।
थापा यार्सा संकलन गर्नको लागि साईपालको बेस क्याम्पमा गएकी र खोलामा केकति कारणले हाम फालेको हो भन्ने कारण नखुलेको तथा अन्य कुरा बुझ्न खोज्दा घटना स्थल तर्फ गएको प्रहरी टोली र थापाका आफ्न्त दुबैलाई फोन नलागेको समेत डियसपी खड्काले बताउनु भयो ।
।