सूचनाको शक्ति - The Power Of Information

        

कुशासन,भ्रष्टाचार र मुल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनले प्रदर्शन गर्ने

काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले बिहीबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्न लागेको नेबिसंघ महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिनुभयो ।

उनका अनुसार सरकारले कोरोना कहरको मारमा परेका जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेकाले सरकारका सबै जनबिरोधी गतिविधि लगाएत हिजो मात्र पेट्रोलियम पदार्थामा गरिएको चर्को मुल्यबृद्धी बिरुद्ध विरोध प्रदर्शनमा उत्रिन लागेको तिमल्सिनाले बताउनुभयो ।

सरकारले अलोकतान्त्रिक, असंवैधानिक र जनविरोधी हर्कत जारी राखेकाले भौतिक दुरी कायम गरी विरोध प्रदर्शन गर्न लागिएको संघका महामन्त्री तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार ११:३५