काठमाडौं । नेपाल टेलिकमको मोबाइलमा देखिएको फोन नलाग्ने समस्या हटेको छ।
आज बिहानैदेखि देशैभर फोन नलाग्ने समस्या देखिएको थियो। समस्या देखिएपछि टेलिकमले मर्मत थालेको थियो।
टेलिकमका डेपुटी म्यानेजर तिलक शर्माले दिएको जानकारीअनुसार बिहान ६ बजेदेखि साढे ८ बजेसम्म नेटवर्कमा देखिएको समस्या अहिले समाधान गरिसकिएको छ।
‘कल आवागमनमा समस्या थियो, मर्मतपछि समाधान भइसक्यो,’ उनले भने।
टेलिकमले सिष्टममा समस्या भएको बताए पनि के कारणले देशैभर एकैपटक यस्तो समस्या देखिएको भन्नेबारे खुलाएको छैन।
।