सूचनाको शक्ति - The Power Of Information

        

विश्वमा पछिल्लो २४ घन्टामा ८ हजार बढिकोे मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा ८ हजार १७६ जनाको मृत्यु भएको छ । यो संगे मृत्युु विश्वमा कोरोेनाबाट हुनेको संख्या ३८ लाख ९७ हजार ३९१ पुगेको छ ।

त्यस्तै विश्वमा कोरोना संक्रमित हुनेको संख्या अहिले सम्म १७ करोड ९९ लाख १२ हजार ८७५ पुगेकोे छ । अहिले सम्म १६ करोेड ४६ लाख ७० हजार २७२ मानिसले कोेरोना जितेका छन् ।

विश्वमा कोरोेनाबाट सबैभन्दा बढी मृत्यु ब्राजिलमा भएकोे छ । त्यहाँ अहिले सम्म २ हजार ८० जनाको कोरोनाबाट मृृत्यु भएको छ भने ८६ हजार ८३३ नयाँ संक्रमित भेटिएका छन् ।

यस्तै भारतमा १ हजार १२९, अर्जेन्टिनामा ७९१, कोलम्बियामा ६१४, रुसमा ५४६, अमेरिकामा ३३३, इन्डोनेसियामा ३३५, दक्षिण अफ्रिकामा २९७, इरानमा ११६ जनाको कोरोनाबाट मृृत्यु भएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार ०९:२०