सूचनाको शक्ति - The Power Of Information

        

भारतमा संक्रमित संख्या ३ करोड नाघ्यो, निको कति भए ?

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ ।

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ५४ हजार ३९३ जनामा संक्रमण भएको छ ।

भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार १६औँ दिन हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २७ हजार ८५० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ६ लाख ४९ हजार ८४८ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन १ हजार १२९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९० हजार ६९१ पुगेको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार ०९:०८