सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

थप ४ हजार ५ सय २२ जनामा काेराेना पुष्टि, निकाे हुने दर ९०.२ प्रतिशत

सङ्क्रमितको सङ्ख्या ६ लाख ५४ हजार चार सय ७०

काठमाडौं । नेपालमा थप चार हजार पाँच सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लाे २४ घण्टामा १२ हजार दुई सय चार जनाकाे पीसीआर परीक्षण र चार हजार सात सय नौ जनाकाे एन्टिजेन परीक्षण भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

आज थपिएका सङ्क्रमितमा धौलागिरी अस्पतालबाट यसअघि भएको परीक्षणको विवरणसमेत जोडिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख ५४ हजार चार सय ७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा चार हजार नौ सय ५४ जना काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । याेसँगै अहिलेसम्म सङ्क्रमणबाट निकाे हुनेकाे सङ्ख्या पाँच लाख ६४ हजार आठ सय ८२ जना निको भएका छन् ।

अहिले नेपालमा काेराेना सङ्क्रमण निकाे हुने दर ९० दशमलव २ प्रतिशत रहेकाे मन्त्रालयले जनाएकाे छ । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार छ सय ४८ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टा र प्राप्त विवरणसहित ४१ जनाको सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित नेपालमा अहिलेसम्म आठ हजार आठ सय १३ जनाको कोरोनाबाट ज्यान गएको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार १८:५३