सूचनाको शक्ति - The Power Of Information

        

बाढी, पहिरो र डुबानबाट २० जनाको मृत्यु, २१ घाइते

काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानजस्ता मनसुनी विपदमा परी एक सातामा २० जनाले ज्यान गुमाएका छन् ।

यसै गरी विपदमा परी २१ जना बेपत्ता र २० जना घाइते भएका छन् । घाइतेमध्ये सिन्धुपाल्चोकका २० र बाजुराका एक जना रहेका छन् । विभिन्न जिल्लामा गरी ८०६ जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढीले २१० घर डुबानमा परेका छन् । तीन हजार २५८ जना विस्थापित भएका छन् । मनसुन विपदमा परी ६३० वस्तुभाउ मरेका छन् ।

बाढी, पहिरोका कारण विभिन्न जिल्लाका बाटाहरू अवरुद्ध भएका छन् । प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको छ ।

यसै गरी जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा लैजाने, सामग्री झिकिदिने काममा प्रहरी, सेना र सशस्त्र प्रहरी सक्रिय रहेका छन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार ०८:४८