सूचनाको शक्ति - The Power Of Information

        

अपराध

स्वास्थ्यकर्मी कुट्नेलाई अदालतले छोड्यो, पुनरावेदनको तयारीमा नर्सिङ संघ

बाँके । स्वास्थ्यकर्मी कुट्नेलाई जिल्ला अदालत बाँकेले धरौटीमा रिहा गरेपछि नर्सिङ संघ बाँकेले पुनरावेदन गर्ने तयारी गरेको छ । भेरी अस्पताल नेपालगन्जका चिकित्सक र स्टाफ नर्समाथि केही दिनअघि सामूहिक आक्रमण गरेको थियो ।

उनीहरूविरुद्ध ज्यान मार्ने कसुरमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता भएको थियो । तर हिजो अदालतले अभियुक्तहरूलाई जनही ५० हजार धरौटीमा छाडेको थियो । जिल्ला अदालतको आदेशले पीडितलाई न्याय दिन नसकेको भन्दै नर्सहरूको छाता संगठन नर्सिङ संघ बाँकेले गुनासो गरेको छ ।

नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसीले आज कानुनी सल्लाहाकारसँग परामर्श गरेर उच्च अदालतमा पुनरावेदन गर्ने बताएकी छन् । ज्यान मार्ने उद्देश्यका साथ अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गर्ने दोषीलाई जिल्ला अदालतले धरौटीमा रिहा गर्न दिनुले अदालतप्रतिको विश्वासमा शंका पैदा गरेको अध्यक्ष केसीको भनाइ छ । केसीले सत्ता र शक्तिबाट अदालत प्रभावित भएको आंशकासमेत व्यक्त गरिन् ।

गत जेठ १३ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरी दाङका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि आक्रोशित बनेका मृतकका भाई मानबहादुर रावत, भरत रावत र छोरा लोकराज रावतलले उपचारमा लापरबाही भएको भन्दै ड्यटीमा खटिएका चिकित्सक र नर्सहरूमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेका थिए ।

त्यही दिन पक्राउ परेका उनीहरूलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको थियो । त्यही मुद्दामा जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले उनीहरू तीनै जनालाई जनही धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टले जानकारी दिए ।

उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । गत जेठ १३ गते राति ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका ५४ वर्षीय डिल्ली रावतको कोरोनाका कारण मृत्यु भएपछि उनीहरूले उपचारमा लापरबाही भएको भन्दै ड्युटीमा खटिएका चिकित्सक र नर्समाथि आक्रमण गर्दै अस्पतालमा तोडफोडसमेत गरेका थिए । उनीहरू मृतकका सहोदर भाइ र छोरा हुन् ।

उनीहरू तीनै जनालाई सोही दिन राति पक्राउ गरी ज्यान मार्ने उद्योगमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता भएको थियो। उनीहरू २४ दिन प्रहरी हिरासतमा बसेर रिहा भएका हुन् । चिकित्सकहरूको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप उनीहरूले लगाउँदै आएका थिए। अन्धाधुन्ध आक्रमण गर्न थालेपछि ज्यान जोगाउन डा चन्द्रप्रकाश साहु, नर्सहरू सदीक्षा गैरे, बन्दना श्रेष्ठ र आश्विन गुरुङले पहिलो तलाबाट हाम फालेर ज्यान जोगाएका थिए ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १८:५०