काठमाडौं । नेपाल प्रहरीका १६ प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।
आइतवार गृह मन्त्रालयमा बसेको मन्त्रीस्तरको बैठकले १६ जना डीआईजीहरुको सरुवा गर्ने निर्णय गरेको हो ।
जसअनुसार अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत अरुणप्रसाद विसिलाई प्रदेश नं १ प्रहरी कार्यालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख वसन्त कुमार पन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगालमा तानिएका छन् ।
प्रहरी प्रधान कार्यालय, कार्य एवम् अनुसन्धान विभागमा कार्यरत दिवेश लोहनीलाई गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि घनश्याम अर्यालको सरुवापछि खाली रहेको प्रमुख पदमा लोहनीलाई पठाइएको हो ।
यसैगरी डीआईजी उत्तमराज सुवेदी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी आएका छन् । यसअघि सुवेदी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल डोटीमा कार्यरत रहेका थिए ।



।