सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा काेराेनाकाे ‘डेल्टा’ र ‘अल्फा’ भेरियन्ट पुष्टि

काठमाडौं । नेपालमा काेभिड–१९ (काेराेना भाइरस) काे थप नयाँ भेरियन्ट पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर नेपालमा काेराेना भाइरसकाे थप नयाँ भेरिएन्ट पत्ता लागेको जानकारी गराएको हो ।

वैशाख २६ देखि जेठ २० सम्म देशभरबाट सङ्कलित नमुनाकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा छनाेट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य सङ्गठनकाे नेपालमा रहेकाे कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयकाे सहयाेग र समन्वयमा भारतकाे नयाँ दिल्लीमा रहेकाे आईजीआईबी मा सिक्वेन्सिङका लागि जेठ २६ गते पठाइएकाे थियाे ।

ती नमुनाकाे जिनाेमिक पहिचान गर्दा ४७ जमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएकाे र एउटा नमुनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।

४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये नाै वटामा थप उत्परिवर्तन के ४१७एन म्युटेशन भेटिएकाे थियाे र यसलाई एवाई.१ नाम दिइएकाे छ । अहिलेसम्म याे म्युटेशन नेपालसहित विश्वका १० भन्दा धेरै देशमा पुष्टि भएकाे मन्त्रालयले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १३:२०