सूचनाको शक्ति - The Power Of Information

        

माओवादी केन्द्रको बैठकले गर्‍यो दल बदलेकालाई निष्कासन गर्ने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो दल छाडेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

सोमबार भर्चुअल बैठक गर्दै माओवादी केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टी अनुशासन उल्लंघन गर्नेहरुलाई निष्काशन गर्ने निर्णयलाई औपचारिकता दिएको हो ।

यसअघि दल त्याग गर्नेहरुलाई कारबाही गर्न अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिए पनि त्यसरी गरिएको कार्वाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि केन्द्रीय समितिले नै कार्वाहीको निर्णय गरेको हो ।

पार्टी त्यागेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णयलाई औपचारिकता दिइएको नेताहरुको भनाइ छ । बैठकमा अध्यक्ष दाहालले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुभएको थियो ।

कार्वाहीमा स्थानीय तहका १८ सहित केन्द्रीय समितिका केही नेता परेका छन् ।

यसअघि शुक्रबार लीलामणि पोखरेल, देव गुरुङलगायतका नेता निर्वाचन आयोग पुगेर पार्टी छोडेर गएकाहरुलाई पार्टीले कारवाही गरेपनि आयोगले दल त्याग गरेको सूचना प्रकाशित नगरेकामा आयोग पदाधिकारीको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १३:१७