सूचनाको शक्ति - The Power Of Information

        

कुटपिटकाे आरोपमा ज्वाला संग्रौला सहित तीन पक्राउ

काठमाडौं । प्रहरीले ज्वाला संग्रौला सहित तीनजनालाई पक्राउ गरेको छ ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।

पक्राउ पर्नेमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् ।

महानगरीय प्रहरी परिसर टेकुका एसपी रमेश बस्नेतले तीनजनालाई नियन्त्रणमा लिइ मुद्दा चलाउने तयारी गरिएको बताए ।

उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो ।

त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् । प्रहरीले आज खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो ।

त्यही क्रममा प्रहरीले तीनजनालाई हिरासतमा लिएको हो ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार ०८:४१