काठमाडौं । आज विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो ।
योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण र चित्त शुद्धीकरण हुने मान्यता छ । योगले चित्त र वृत्तिलाई ठीक बाटोमा डो¥याउने योग गुरुहरु बताउँछन् ।
विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि सन् २०१५ देखि जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाइन थालिएको हो ।
यद्यपि नेपालमा कोरोना महामारीका बीच निशेधाज्ञा जारी रहेकोले योग दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम गरिने छैन ।
यसैबीच अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टा छुट्टै सन्देश शुभकामना सन्देश दिनुभएको छ ।
राष्ट्रपति भण्डारीले कोरोना महामारी जारी रहेको अवस्थामा योगको सान्दर्भिकता अझै बढेको बताउनुभएको छ । उहाँले योग एव्म तन्त्रवद्ध ज्ञान अध्येताका लागि नेपाल विश्वकै मूल गन्तव्य बन्नसक्ने विस्वास व्यक्त गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट छुटकारा पाउन गोगविधि महत्वपूर्ण हुने बताउनुभएको छ ।
योगले मनको भाव शुद्ध र सकारात्मक राख्न सघाउने भन्दै उहाँले चित्तको शुद्धता नै योगको प्रस्थानविन्दु रहेको बताउनुभएको हो ।
।