सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश १, २ र लुम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । भीषण वर्षाका कारण पहाडी भू–भागमा पहिरो जाने र नदीनाला तथा खोलामा पानीको सतह बढ्न भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मनसुनी वायुको प्रभाव र दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले सोमबार बिहान देशभरको मौसम बदली रहेको छ । यस्तै, केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो देशभर मौसम बदली रही देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षा साथै प्रदेश १ का एक÷दुई स्थानमा अति भीषण वर्षाको सम्भावना छ । राति पनि देशभरको मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश २ का एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार ०७:०१