सल्यान । जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ र शारदा नगरपालिका १३ को सिमानामा रहेको संघार खोलामा आएको बाढी बस्तीमा पस्दा २० घर विस्थापित भएका छन् । बिहीबार साँझ बाढी बस्तीमा पसेपछि संघारका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
विस्थापित २० घरपरिवार आफन्तको घरमा बसिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद श्रेष्ठले जानकारी दिए । प्रहरी र स्थानीयको सहकार्यमा घरभित्रका मालसामानलगायत सामान सुरक्षित गरिएको उनको भनाइ छ। पाँच दिनदेखिको अविरल वर्षाका कारण जिल्लाका दुई दर्जन बढी सडकसमेत अवरुद्ध भएका छन् ।
।