सूचनाको शक्ति - The Power Of Information

        

पूर्व सांसद कृष्णसिंह परियारको निधन

बाँके । पूर्वसांसद कृष्णसिंह परियारको निधन भएको छ । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित परियारको आफ्नै निवास नेपालगन्जमा निधन भएको हो ।

मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित परियारको ७५ वर्षको उमेरमा आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । २०४६ को जनआन्दोलनपछिको पहिलो संसदीय निर्वाचनमा निर्वाचित परियार तत्कालीन राज्य व्यवस्था समितिको सभापति बनेका थिए। परियारका श्रीमती, ३ छोरी र ४ छोरा छन् ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार ११:२२