सूचनाको शक्ति - The Power Of Information

        

बञ्चरो प्रहार गरी आफ्नै श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ

दाङ ।  दाङमा बञ्चरो प्रहार गरी आफ्नै श्रीमती हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको घोराही उपमहानगरपालिका-३ बेलुवा बस्ने ५७ वर्षीय मुकुन्दलाल चौधरी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार मुकुन्दलालले घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर ४६ वर्षीया श्रीमती स्यानाकुमारी चौधरीको बञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।

प्रहारबाट घाइते भएकी स्यानाकुमारीलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । उपचारकै क्रममा बिहीबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मुकुन्दलाललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार ०८:३६